विद्यार्थी : सिक्न नै हो ।
नेपाल विद्यार्थी संगठनको स्थापना वि.सं. २०२७ साल वैशाख ६ गते भएको थियो । त्यस समय नेपालमा पञ्चायती व्यवस्था चलिरहेको थियो, जहाँ बहुदलीय प्रजातन्त्र प्रतिबन्धित थियो । अभिव्यक्ति स्वतन्त्रता सीमित थियो । विद्यार्थीहरूलाई स्वतन्त्र रूपमा संगठित हुने अधिकार थिएन ।
नेपाल विद्यार्थी संगठन स्थापना हुनुका मुख्य कारणहरू:
१. प्रजातन्त्रको पक्षमा आवाज उठाउन
विद्यार्थीहरूलाई संगठित गरेर लोकतान्त्रिक अधिकारको लागि संघर्ष गर्न । यसले एउटा सन्देश दिएको पाइन्छ कि भ्रातृ विद्यार्थी संगठनले राजनैतिक पार्टीप्रति आशंका व्यक्त गरिरहेको आभास गराउँछ । कतै विद्यार्थीलाई लोकतान्त्रिक अधिकार लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नदिने हो कि ? अर्को, विद्यार्थीहरु लोकतान्त्रिक अधिकार भनेको वास्तविक अर्थमा गुणस्तर शैक्षिक पद्धति नै होइन र ?
२. पञ्चायती निरंकुशताको विरोध गर्न
एकदलीय प्रणालीको विरोध गर्दै बहुदलीय प्रजातन्त्रको पुनःस्थापना गर्न । के नेपालमा अझै पनि पञ्चायती निरंकुश व्यवस्था कायम छ र ? जसको लागि अब पनि विद्यार्थी आन्दोलन भन्दै विद्यार्थीहरुको आहुती चाहिने संघर्ष बाँकी नै छ र ? कि लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था भनेकै कतै विद्यार्थी संगठनभित्र त्यही हो कि ?
३. विद्यार्थी अधिकारको संरक्षण गर्न
शिक्षा, अवसर र स्वतन्त्रताको पक्षमा आन्दोलन चलाउन । पहिलो कुरा विद्यार्थीहरुले कहिल्यै शिक्षा बारे राज्यसँग गुनासो नै गरेनन् । यदि गरेको थियो भने हालसम्म शिक्षामा बेथिति किन रह्यो ? अर्को शिक्षाले अवसर खोजिदैन । शिक्षा सभ्य बन्न आर्जन गर्ने ज्ञान हो जसको प्रयोगले जीवन यापन सहज र सरल बनाउने व्यवस्थित गर्ने औजार बनाउन हो । हालसम्म भनेको अहिलेसम्म अझै यो भन्दा अगाडि पनि शिक्षाभित्रको संगठनले औजार होइन, हतियार नै बनाई राख्नुपर्छ भन्ने कुनै युगको डरले समाजमा उभिन सक्ने बनिएको अवस्था देखिन्न । यस्तै स्वतन्त्रताको कुरा पनि छ जबकी विद्यार्थी संगठन नै कुनै राजनैतिक सिद्धान्तद्वारा परिचालित हुन्छन भने त्यस्तो अवस्थामा ती संगठनले कहिल्यै आफ्नो स्वराज पाउने छैन ।
४. राजनीतिक चेतना फैलाउन
युवा पुस्तामा लोकतन्त्र, अधिकार र जिम्मेवारीबारे जागरण ल्याउन । जब विद्यार्थीले स्वराज पाउँछ लोकतन्त्र, अधिकार एवम् जिम्मेवारी सहजै निर्वाह गरिन्छ । त्यसको लागि विद्यार्थी संगठन चाहिदैन र त्यसले त्यस्तो स्वराज दिन पनि सक्दैन । दिंदैन पनि । अत: विद्यार्थीको जीवनमा तिनीहरू पाउने स्वतन्त्रता भनेको शैक्षिक, व्यवहारिक तथा सभ्य बन्ने शिक्षा नै हो । संगठनले ती त्यस्ता ज्ञान दिइदैन ।
अन्तमा, कुनै समय विद्रोहको लागि जन्मिएको भ्रातृ संगठन अहिले आवश्यकहीन देखिएको छ । कारण : बढी भन्दा बढी राजनैतिक संघर्षमै केन्द्रित रहेको पाईएको छ । विद्यार्थीहरुको सेवामा भन्दा नि सैद्धान्तिक चाप्लुसी र बाँडफाँड विचारमा केन्द्रित देखिए । संगठनको साधारण अर्थ एक जुट हो तर यहाँ नेपालमा त्यसको ठिक विपरीत भोलि सडक आउने आफ्ना कति कार्यकर्ता छन भन्नेमा विद्यार्थी संगठन प्रयोग भईरहेको पाइन्छन जसको कारण संगठनमा आवद्ध नहुने शैक्षिक बेरोजगार हुँदै पुन: भाषा ज्ञान अध्ययन गर्दै स्नातकको अध्ययन पश्चात् विदेशी माटो पसिना खर्चिन बाध्य छन । विद्यार्थी हक र हितको लागि राजनीति मात्र होइन भन्ने सानो भन्दा सानो ज्ञान पनि दिन विद्यार्थी संगठनले सबै विद्यार्थीलाई संगठित गरेकै इतिहास छैन । राजनीतिक मुद्दामा बाहेक विद्यार्थीको जीवन कस्तो छ ? कस्तो हुनुपर्छ भन्ने सोचनीय अवस्था कहिल्यै विद्यार्थी संगठनले गरेको छैन । होस्टेल लगायत विद्यार्थी शुल्क र छुट विद्यार्थी संगठनमा आवद्ध भए पाउने अधिकार भन्दा अन्य चेतनाका कुरा पनि विद्यार्थी संगठन सोच्न चुकेको देखिन्छ । अत: विगतको आवस्यकतालाई वर्तमानसँग जोडेर त्यो यस्तै हुनुपर्छ भन्नू लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा हामी पञ्चायती व्यवस्थासँग लड्छु, लड्दै आएका हौं भन्नू हो । स्वतन्त्रता खोरभित्र बसेर कहिल्यै परिकल्पना गर्न सकिन्न । सरकार वा राज्य यदि अझै पनि निरंकुशता सोच्छन भने एकजुट हुने ठाउँ अनेक छन । त्यसको लागि विद्यार्थी संगठन मात्रै जागरुक भएर हुन्न । आफ्नोले गर्ने गल्ती छोपेर अब आन्दोलन पनि हुन्न । उदाहरणको लागि हिजो भएको जेन्जी आन्दोलन अर्थात बेथिति विसंगति एवम् भ्रष्टाचार विरुद्ध आन्दोलन केवल जेन्जीहरुले मात्र सफल भएको होइन यसमा प्रत्यक्ष विद्यार्थी संगठनले झण्डा नफहराए पनि ती विद्यार्थी जो विभिन्न सिद्धान्तमा कैद छन तिनीहरू व्यक्ति व्यक्तिले पुर्णले सहयोग गरेर नै सफल भएका हुन् । यो जसले जति लुकाए पनि लुक्ने कुरा होइनन् । तर आरोप, देखेर पनि बोलेनन् भन्ने लाग्छ नै किनभने बालकुमारीमा दुई जना कोरिया जाने क्रममा मरे । तर विद्यार्थी संगठनको आन्दोलन खैं ? किन मौन रहे ? राजावादीको आन्दोलनमा अनेक गोलि चले, के त्यो राणा शासन तथा पञ्चायती व्यवस्था बिर्साउने खालको क्रूरता होइन र ? कि राजावादी भएकोले विद्यार्थी संगठन मौन हो ? यहाँ बुझ्ने पर्ने क्रूर व्यवस्था हो तर विद्यार्थी संगठनले त्यो बुझेनन् । यस्तै जेन्जी आन्दोलनमा ७६ जनाको हत्या हुँदा वा स्कुल ड्रेसमै विद्यार्थी मारिनु प्राइभेट कलेजमा विद्यार्थी संगठन नभएर हो वा सत्तामा आफ्ना सिद्धान्तधारी भएर क्रूरताको परिभाषा नै फेरिएको हो ? यसको हामीले मनन गर्नुपर्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर