लाइन बसेर ड्राइभिङ लाइसेन्स नवीकरण गर्दै राजेन्द्र लिङ्देन

काठमाडौं— राजेन्द्र लिङ्देन ले सर्वसाधारणसरह लाइनमा बसेर आफ्नो ड्राइभिङ लाइसेन्स नवीकरण गराएका छन्।

राजनीतिक नेतृत्वमा रहेका व्यक्ति भएर पनि कुनै विशेष सुविधा नलिई सार्वजनिक सेवाको प्रक्रियामा सहभागी भएको उनको कदमलाई सर्वसाधारणले सकारात्मक रूपमा लिएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरहरूमा लिङ्देन अन्य सेवाग्राहीसँगै लाइनमा बसेको देखिन्छ। यसले सार्वजनिक सेवा प्रणालीमा समान व्यवहार र पारदर्शिताको सन्देश दिएको धेरैको धारणा छ।

नेपालमा ड्राइभिङ लाइसेन्स नवीकरणका लागि लामो लाइन र झन्झट हुने गुनासोबीच लिङ्देनको यो व्यवहारलाई उदाहरणीय अभ्यासका रूपमा चर्चा गरिएको छ।


रिपोर्टर: सुर्या राया / आम दर्शन न्युज

प्रतिक्रिया