आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५० रुपैयाँ ५८ पैसा



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।


राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ५८ पैसा कायम भएको छ।


त्यस्तै, युरोपियन युरोको बिक्रीदर १६५ रुपैयाँ ७७ पैसा, बेलायती पाउन्डको १९८ रुपैयाँ ५७ पैसा र अस्ट्रेलियन डलरको १०१ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ।


साउदी रियालको बिक्रीदर ४० रुपैयाँ १२ पैसा, कतारी रियालको ४१ रुपैयाँ ३१ पैसा र यूएई दिरामको ४१ रुपैयाँ कायम भएको छ।


भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।


राष्ट्र बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा विनिमयदर संशोधन गर्न सकिने जनाएको छ।


आमा दर्शन न्युज

प्रतिक्रिया