कीर्तिपुर नगरपालिकाको आयोजना तथा एन.आर.एस. फाउन्डेसनको सहकार्यमा "महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी" भन्ने नारालाई साकार बनाउन ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा
"आमा दौड एक खेल,
परिवार, स्नेह र स्वास्थ्यको मेल" उद्देश्य अनुरुप कीर्तिपुर नयाँ बजार अवस्थित गेटबाट यहि आउँदो फाल्गुन २५ गते विहान ८:०० बजे आमा दौड हुँदैछ । कीर्तिपुर गेटबाट शुभारम्भ हुने दौड लायकुमा समापन हुनेछ । कीर्तिपुर गेटबाट शुभारम्भ हुने दौड क्रमशः छ्याकं ल्वहँ चिथु हुँदै तननी जात्रा पर्वको बाटोमा हुने र बादेगा पुगि पुन: टेलिकम पुलिसचौकीबाट भित्र हुँदै जात्रापर्वकै बाटोमा हुने र गल्छे सलिछें बाघभैरबबाट लायकु पुगि समापन हुनेछ । उक्त दौडको मुख्य उद्देश्य भन्नु नै आमाहरू स्वास्थ्यलाई स्वस्थ राख्ने कुण्ठित मनलाई प्रफुल्ल पार्नु नै हो भने समाजमा साहस र हौसलासाथ आमाहरुले पनि जिउन पाउनुपर्छ भन्नू नै हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
Admin