काठमाडौँ महानगरपालिकाले राप्रपालाई एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय

काठमाडौँ, फागुन २५ – काठमाडौँ महानगरपालिकाले एयरपोर्ट, तिलगंगा, गौशाला लगायतका सार्वजनिक क्षेत्रमा सडकपेटी, आईल्याण्ड तथा रेलिङमा भौतिक क्षति पुर्याउनुका साथै जथाभावी फोहरमैला फालिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई रू. १,००,०००/- (एक लाख) जरिवाना गर्ने निर्णय गरेको छ। महानगरपालिकाका अनुसार, सार्वजनिक स्थलहरूमा तोडफोड गर्नुका साथै वातावरणीय मापदण्ड विपरीत फोहर व्यवस्थापन गरिएको पाइएकाले कारबाहीस्वरूप जरिवाना तोकिएको हो। यसअघि पनि महानगरपालिकाले सार्वजनिक सम्पत्ति संरक्षण तथा सफाइ अभियानलाई प्राथमिकता दिँदै विभिन्न संगठन तथा संस्थाहरूमाथि निगरानी बढाएको थियो। यस निर्णयबारे राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। तर, महानगरपालिकाले आगामी दिनमा यस्ता गतिविधि दोहोरिए थप कडा कारबाही गरिने चेतावनी दिएको छ। सार्वजनिक सम्पत्ति संरक्षणमा काठमाडौँ महानगरको कडाइ हालै काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानहरूमा अव्यवस्थित प्रचार सामग्री टाँस्ने, तोडफोड गर्ने तथा वातावरणीय प्रदूषण फैलाउने क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्ने नीति अघि सारेको छ। महानगर प्रमुख बालेन शाह नेतृत्वमा चालिएका यस्ता कदमले काठमाडौँलाई व्यवस्थित र सफा बनाउने प्रयासलाई तीव्रता दिएको बताइएको छ। – आमादर्शन न्यूज

प्रतिक्रिया