।
कीर्तिपुरको बाघ भैरव क्षेत्रमा रहेको पुरातात्त्विक महत्वको सिंढि छेकी वा सुधार गरि अनावश्यक ठाउँमा मोटरबाटो निर्माण गर्ने प्रक्रियाप्रति स्थानीय बासिन्दाहरूले विरोध जनाएका छन । उक्त विषयमा विरोध गर्ने क्रममा उपभोक्ता समिति तथा ठेकेदार पक्षबाट र वडा सदस्य सहित को ५ जनाको टोलीले उपस्थित स्थानिय कीर्तिपुरवासीलाई गाली सहित ज्यान मार्ने धम्की दिएको दिएको छ । यो एउटा गम्भीर विषय हो । यसमा सम्बन्धित निकाय कीर्तिपुर नगरपालिकाले अहम् भूमिका निभाउन आवश्यक देखिन्छ ।
यस घटनाले स्थानीय तहमा शान्ति, सुरक्षा तथा सांस्कृतिक सम्पदाको संरक्षणप्रति गम्भीर प्रश्न खडा गरेको छ कि हामी हाम्रो सम्पदा चाहिन्छ वा चाहिदैन भन्ने प्रश्न जन्माएको छ । सम्बन्धित निकायहरूले यस विषयमा तत्काल ध्यान दिई निष्पक्ष छानबिन तथा आवश्यक कारबाही एवम् समाधान निकाल्न अत्यन्त जरुरी देखिन्छ । साथै कीर्तिपुरकै अस्तित्व बोकिरहेको बाघभैरवको गौरवमाथि कसैले खेलवाड गर्नहुन्न भन्ने मेरो बुझाइ हो । हामीसँग सम्पत्ति छ भन्दैमा फुपूको श्राद्ध गरिदैन भन्ने जानकारी पनि गराउन चाहें। कीर्तिपुर डाँडा एक सभ्यता हो, देश हो । देशमाथि हामीले खेलवाड गर्नुहुन्न । कीर्तिपुर हाम्रो जननी भूमी पनि हो । यसको वर्णन हाम्रो स्वार्थसँग जोडिनुहुन्न । सभ्यता, सम्पदाले नै हाम्रो आत्माको मुल्यांकन बढ्ने हो, यसमा हाम्रो विचार सद्भावपुर्ण प्रयोग हुनु आवश्यक छ । समाजबाट लिने भन्दा दिने विषयप्रति सचेत हुनु आम नागरिकको कर्तव्य पनि हो । हामी आफ्नो कर्तव्यबाट कतै पनि विमुख हुने विचार कार्य गर्नुहुन्न । र हामीले सम्झिनै पर्ने बाघभैरवको अस्तित्व यदि गुम्छ भने कीर्तिपुरको महत्व रहने छैन । साथै कीर्तिपुरको रक्षक देवता क्षत्रपाल स्वयम् शिवको स्वरुप भैरव नै हुन् । अत: सत्ता वा शक्तिको आड यहाँ त आफ्नो चल्ला तर त्यहाँ माथी सबैले कुनै न कुनै तवरले जवाफ चाहिँ दिनुपर्छ । हामी त्यसको लागि सदा तयारी अवस्थामा रहनु जरुरी छ । हाम्रो जीवन भगवानकै देनमा अर्थात न्याय निसाफमा चल्ने हो । यसमा कसैले आनाकानी नगर्दा नै कीर्तिपुर देशको जय हुनेछ । हामी मनुष्य भई बाँच्न सिकेपछी सबैको जय हुने विचारतिरै उन्मुख हुनुपर्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर