सहिद दिवस

२०४६ चैत्र २० कीर्तिपुर सहिद जन्मदिन 


“सहिद ! तिमी मरिसक्यौ र ?”


सहिद ! तिमी मरिसक्यौ र ? 

कि अझै बाँचेका छौ हाम्रो सासभित्र र हाम्रो मौनतामा लुकेर ?


तिमीले त रगत दिएर स्वतन्त्रताको बीउ रोपेका थियौ

तर आज त्यो बिरुवामा कसको छायाँ पर्यो ?


तिमी मरेको दिन देश रोएको थियो

तर आज देश रोइरहेछ तर कसैले सुन्दैन ।


सहिद ! तिमी मरिसक्यौ र ? 

कि तिमी मरेकै होइनौ या हामी नै मरेका हौँ आफ्नो आत्मासँगै ?


तिमीले सपना देखेको देश आज कता हरायो ? 

त्यो न्याय, त्यो समानता, त्यो उज्यालो भविष्य सबै किन अँध्यारोमा बिलायो ?

तिमीले गोली खाँदा डराएका थिएनौ

तर हामी सत्य बोल्न पनि डराउँछौँ 

के यही हो तिम्रो बलिदानको मूल्य ?


सहिद ! तिमी मरिसक्यौ र ? 

यदि साँच्चै मरेका हौ भने किन तिम्रो आवाज अझै कानमा गुन्जिरहेछ ?

कि तिमी अझै जीवित छौ हरेक प्रश्नमा, हरेक विद्रोहमा, हरेक आँसुमा…

र सायद मर्ने तिमी होइन, मर्ने त हामी हौँ 

हामी अन्याय देखेर पनि चुप बस्छौँ

स्वार्थको लागि जे पनि सहि ठान्छौं.....

प्रतिक्रिया