श्रीमान् नगर प्रमुखज्यू
कीर्तिपुर नगरपालिका
कीर्तिपुर
मिति: २०८३/०१/१४
विषय: Dialysis मेशिन थप जडान सम्बन्धमा।
महोदय,
कीर्तिपुर अस्पतालमा नगरपालिका कै सहयोगमा वि.सं. २०७४–२०७९ को अवधिमा स्थापना भएको Dialysis Center मार्फत हाल ५ वटा मेशिनबाट करिब १४६ जना मृगौला रोगीहरूको नियमित उपचार भइरहेको छ। साथै, थप १४ जना बिरामीहरू उपचारको प्रतीक्षामा रहेका छन्। आवश्यक सेवा समयमै प्राप्त गर्न नसक्दा प्रतीक्षारत बिरामीहरूको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको देखिएको छ।
यस परिस्थितिलाई मध्यनजर गर्दै, उक्त Dialysis Center मा कम्तीमा थप २ वटा मेशिन जडान गर्न सकेमा उपचार सेवामा सहजता आउने, प्रतीक्षामा रहेका बिरामीहरूले समयमै सेवा पाउने तथा समग्र स्वास्थ्य सेवा प्रवाहमा सकारात्मक सुधार आउने विश्वास लिएका छौं।
अतः, यस अत्यावश्यक कार्यका लागि कीर्तिपुर नगरपालिकाबाट यथाशीघ्र आवश्यक सहयोग तथा पहल गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
धन्यवाद।
भवदीय,
संस्थाहरूको तर्फबाट:
Lions Club of Kathmandu Kirtipur
Lions Club of Kathmandu Kipu
JCI Kirtipur
कीर्तिपुर विकास समाज
कीर्तिपुर उद्योग वाणिज्य संघ
कीर्तिपुर वितरक संघ
कीर्तिपुर निर्माण व्यवसायी संघ
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर