प्रधानमन्त्री ओलीलाई दक्षिण कोरियामा विशेष अतिथिका रूपमा निमन्त्रणा

काठमाडौं, फागुन १ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अप्रिल १० देखि १४ सम्म दक्षिण कोरियामा आयोजना हुने शान्ति र समृद्धि अन्तर्राष्ट्रिय सम्मेलनमा विशेष अतिथिका रूपमा निमन्त्रणा गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सुनहक शान्ति पुरस्कार फाउण्डेसनका अध्यक्ष याङले प्रधानमन्त्री ओलीलाई सम्मेलनमा विशेष सम्बोधन गर्न आग्रह गरेका हुन्।

याङले नेपाल र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवको अवसरमा ओलीको सहभागिता महत्वपूर्ण हुने बताएका छन्। साथै, उनले दक्षिण र उत्तर कोरियाबीचको शान्तिपूर्ण पुनर्मिलनका लागि नेपालले भूमिका खेल्न सक्ने सम्भावना रहेको भन्दै प्रधानमन्त्री ओलीलाई सहयोग गर्न आग्रह गरे।

भेटवार्तामा नेपाल परिवार दलका अध्यक्ष तथा संघीय सांसद एकनाथ ढकाल समेत सहभागी थिए।

प्रतिक्रिया