काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज साँझ ५ बजे बालुवाटारमा बैठक बस्नेछ।
सरकारले ल्याएको अध्यादेशहरू संसद्मा बहुमत नपुग्दा निर्णयार्थ पेश हुन नसकेको अवस्थामा प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन्। गएको माघ १८ गते प्रतिनिधि सभामा ६ वटा अध्यादेश पेश गरिएको थियो। ती अध्यादेशहरूको अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ।
संयन्त्रमा प्रधानमन्त्री ओलीका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अन्य राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुनेछन्। बैठकमा अध्यादेशका साथै समसामयिक राजनीतिक विषयहरूमा समेत छलफल हुने बताइएको छ।
२७ माघ २०८१, आईतबार ०२:५९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता