काठमाडौं – सरकारले प्रहरी नायब महानिरीक्षक (एआईजी) मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा नियुक्त गरेको छ।
केसीले यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान टोलीको नेतृत्व गरेका थिए। सो क्रममा पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित उच्च राजनीतिक तहमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको थियो। यस अभियानपछि उनको नाम प्रहरी संगठनभित्र एक सक्षम अनुसन्धान अधिकृतका रूपमा चर्चामा आएको थियो।
सरकारले हालको संवेदनशील अपराध अनुसन्धान र वित्तीय अपचलन नियन्त्रणलाई प्रभावकारी बनाउन सीआईबीलाई थप सशक्त बनाउने लक्ष्य लिएको छ। अनुभवी अनुसन्धानकर्ता केसीलाई जिम्मेवारी दिइनु त्यसैको निरन्तरता भएको बताइएको छ।
यद्यपि अघिल्ला केही राजनीतिक उतारचढावका कारण उनलाई केही समय भूमिकाविहीन बनाइएको भन्ने चर्चा भए पनि, सीआईबी प्रमुखमा पुनः जिम्मेवारी पाउनु उनको पेशागत क्षमताप्रति सरकारको विश्वासको संकेतका रूपमा लिइएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय